सार्वजनिक शौचालय सञ्चालन गर्ने सरोकारवालालाई सम्पर्क राख्न काठमाडौँ महानगरपालिकाको अनुरोध

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय सञ्चालन गर्ने सरोकारवाला निकायलाई सात दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ। महानगरभित्रका होटल, रेष्टुरेण्ट, बैंक, व्यापारिक मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी र गैर सरकारी संस्थाको शौचालयलाई बनाउने महानगरको गत १६ गतेको बैठकले निर्णय गरेको थियो।

महानगरको सार्वजनिक निजी साझेदारी एकाइले सात दिनभित्र बबरमहलको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

Loading...