जग्गाको धेरै किनबेच र सट्टेबाजीलाई नियन्त्रण गर्न बढ्यो लाभकर

काठमाड –  घर जग्गाको धेरै किनबेच र सट्टेबाजीलाई नियन्त्रण गर्न  कारोबारमा पुँजीगत लाभकर बढाएको छ ।  आगामी आर्थिक वर्ष २०७९–८० को बजेटले जग्गा कारोबारमा पुँजीगत लाभककर ७.५ प्रतिशत पुर्याइएको हो  । 

बढाइएको लाभकर अनुसार स्वामित्वकर्ताले अब पाँच वर्षपनि नपुगी जग्गा बिक्री गरे ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने हुन्छ  । यसअघि ५ प्रतिशतमात्र तिरे पुग्ने व्यवस्था थियो । १० लाख रुपैयाँमाथिको जग्गा कारोबारमा तिर्नुपर्ने यस्तो पुँजीगत लाभकर पाँच वर्ष स्वामित्व लिएर बेच्नेले भने ५ प्रतिशत तिर्नुपर्छ । यसअघि २.५ प्रतिशत मात्र लाभकर लाग्ने व्यवस्था थियो । 

त्यस्तै एकभन्दा बढी घर र अपार्टमेन्ट किन्नेले मालपोतमा नियमित दस्तुर (एउटा घर वा अपार्टमेन्ट किन्दा लाग्ने रजिष्ट्रेशन शुल्क)भन्दा दोब्बर शुल्क बुझाउनुपर्ने व्यवस्था भएको छ ।

Loading...