तारा एयरको जहाज दुर्घटनाग्रस्तअवस्थामा फेला

काठमाडौं ।  पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT)  कल साइनको ट्विनअटर विमान  दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खराब मौसमका कारण आइतबार दिनभरी घटना स्थल पुग्न सेना र प्रहरीलाई धौधौ भएको थियो ।  प्रहरीको उद्धार टोली फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम घटनास्थलमा पुगेको छ । थासाङ गाउँपालिका -२ सानोस्वारेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार धेरै यात्रुहरूको शव नचिनिने अवस्थामा भेटिएको छ । केही शव टुक्रा परेका छन् । प्रहरीले शव कलेक्सन गरिरहेको छ । जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरस्थित दुर्घटनास्थलमा पहिलो पटक स्थानीय इन्द्रसिंह शेरचनसहितका युवाहरु पुगेका थिए । शेरचनले संचारमाध्यमहरुलाई दुर्घटनास्थलबाट दिएको जानकारी अनुसार जहाज टुक्राटुक्रा भएको छ भने शवहरु यत्रतत्र छरिएका छन् । जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा नभएको शेरचनले बताए । उनले भने , ‘ कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन , कसैको टाउको नै छैन , यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु । ‘ शेरचनसहितको टोली राति नै त्यसतर्फ गएको थियो । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।  

विमान प्याप्टेन प्रभावकर घिमिरे, सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापाका साथ यात्रुहरु  विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

Loading...