काठमाडौं महानगर २८ मा नेपाली कांग्रेसको प्यानलै बिजयी

जेष्ठ ६, काठमाडौं । काठमाडौं महानगरपालिकाको  वडा २८ मा नेपाली कांग्रेसको पुरै प्याननै  बिजयी भएका छन । 

वडा अध्यक्षमा भाईराम खड्गीले  १२८१ मतका साथ  बिजयी भएका छन । उनका प्रतिस्पर्धी नेकपा एमालेका विपेन्द्र खड्गीले १०७२ मत पाएका छन । खड्गी यस अघि पनि सोहि वडामा अध्क्षयमा निर्वाचित भएका थिए  । 

 महिला सदस्यमा निना कुमारी खड्गी, दलित महिला सदस्यमा ललिता दली कार्की, पुरुष सदस्यहरुमा अरुण तण्डुकार र विरेन महर्जन बिजयी भएका छन । 

मुख्य निर्वाचन अधिकृतकको कार्यलय काठमाडौंले औपचारिक घोषणा गर्न भने बाँकी छ । 

 

Loading...