पनौती नगरपालिकाको मेयरमा कांग्रेसका रामशरण भण्डारी निर्वाचित

जेठ ६,काठमाडौँ –   काभ्रेको पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामशरण भण्डारी विजयी  भएका छन्।

 एमालेका भीम न्यौपानेलाई  पछि पार्दै भण्डारीले  १४०५० मतका साथ  मेयरमा निर्वाचित भएका हुन्।  २०७४ मा निर्वाचित भएका  निकटतम प्रतिद्वन्द्वी न्यौपानेले ११७८३ मत ल्याए।

काभ्रेमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन छ।

यसै गरि उमपेयरमा भने एमालेकी गिता बन्जारा  १२३३७ मत प्राप्त गरि  निर्वाचित भएका छन्।

 उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १०३८८ मत ल्याए। 

 

Loading...