हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) विजयी

 जेठ ६ , काठमाडौँ  । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) विजयी भएका छन् ।बुढाथोकीले एमालेका गणेशप्रसाद प्रसाईंलाई  पराजित गर्दै ७००२ मतका साथ निर्वाचित भएका हुन् । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाची भएका एमालेका निवर्तमान मेयर एमालेका गणेशप्रसाद प्रसाईंले ६८४९ मत पाएका छन् । 

यसै गरि  उपमेयरमा  नेकपा एमालेकी हरिमाया घलान ६८५५ मतका साथ  विजयी भएकी छिन् । निकटतम् प्रतिद्वन्द्वी माओवादीकै पद्मा मोक्तानले ५३२१ मत ल्याइन्  ।

 यो संगै  माओवादीले सर्लाहीका तीन पालिकामा प्रमुख हात पारेको छ ,भने  वडा नम्बर १, २, ४ र ९ को वडाध्यक्ष कांग्रेस, ३, ७, १० र ११ मा एमाले तथा ५ र ६ मा नेकपा एकीकृत समाजवादीले वडाध्यक्ष हात पारेको छ ।

Loading...