तीन विद्याका ज्ञाता हरिप्रसाद बैद्यको नागरिक अभिनन्दन

बैशाख १२,काठमाडौँ –  उहाँ हरि प्रासाद वैद्य वास्तुकलाका ज्ञाता र डिजाइनर वरिष्ठ चित्रकार र भ्वाइलेन संगितका गुरुका रुपमा पहिचान बनाएका एक कलाकार हुन् । ८५ वर्षको उमेरमा पनि त्यतिकै सक्रिय गुरु वैद्यले कलासिर्जना भ्वाइलेन संगीतका कलाकारलाई प्रवद्र्धन र सम्पदा संरक्षणको कार्यमा योगदान पु¥याउदै आइरहनु भएका उहाँसँग बैशाख १० गते शनिवारदेखि नेपाल कला परिषद बबरमहलमा आयोजित जीवनकालमा सिर्जित कला प्रर्दशनी बारे लिइएको चार प्रश्न । नेवाः ग्वाहालि पुचःनेपाःद्वारा आयोजित सो कला प्रर्दशनीमा उहाँको योगदानको कदरगर्दै अभिनन्दन पनि गरिएको थियो । उहाँद्धारा आफनो जिवनकालमा सिर्जित चित्रकला, भ्वाईलेन बाद्यबादन , पुर्ननिर्माणमा बास्तुकलाका लागि दिनुभएको आर्किटेक्चरहरुमा ईन्द्रचोकको आकाशभैरव , महाबौद्ध स्थित नेपालकै सबैभन्दा ठुलो बुद्धमुर्ति रहेको बुद्ध विहार , मखनको नारायण बिष्णु मन्दिर लगायतका छन् । यसै सेरोफेरोमा रही कलाकार हरिप्रसार वैद्यसँग लिइएका यी शब्दहरुः(
१. यहाँले वास्तुकला, चित्रकला र संगीत तीनवटै विद्यामा एकसाथ हात चलाउनुभयो किन र कसरी सम्भव हुन सकेको हो ?
–मलाई धेरैको यस्तै प्रश्न हुन्छ, स्वभाविकै पनि हो । तर म भन्छु कलामा सौन्दर्य प्रधान हुन्छ र संगीतमा भावना तर साहित्य प्रतिविम्बले प्रभावित हुन्छ । म विशुद्ध कलाकार हुँ । त्यसैले मेरो दृष्टिमा प्रत्येक सिर्जनाहरु भिन्नाभिन्नै जस्तो देखिएपनि सगोलमा एउटै हुन्छ । अझ यसलाई यसरी भनौ मूर्तिकार हुन चित्रकार नबनी सुखै छैन भने मूर्तिकार, चित्रकार वा साहित्यकार सङ्गीत कलाबाट प्रिथक रहनै सक्दैन । त्यसैले बाहिरी आँखाले हेर्दा बेग्ला बेग्लै जस्तो लागे पनि यो कला एक अर्कामा पर्यायवाची सिर्जना हो ।
२. भुकम्पपछि भत्किएका सम्पदा पुनर्निमाण भईरहेकै छ के सहि
भईरहेको भन्ने लाग्छ ?
–भक्तिएका भित्ता, गजुरलाई हुवहु बनाउनु मात्र सम्पदा संरक्षण हुनु होइन । सम्पदा पुननिर्माण हुनका लागि त्यो सिर्जनाले तय गरेको कच्चापदार्थ, प्रविधि उचाई नापजाँच आकृति , त्यो बास्तुकलाले दिन खोजेको सन्देश , इतिहास संस्कृति , पुरातात्विक ऐन कानुनले निर्दिष्ट गरेको तथ्य सहितको पुननिर्माण हुनुपर्छ । सुर्कि मास र चाकु मिलाएर बनाएको भनिने घरहरा अग्लो मोटो र सिमेन्मय बनेको छ, उपत्यकाको पहिचान काष्ठमण्डपमा कति काठ पुरानो कति काठ नयँ भनेर तथ्य खुलाइएको छैन भने खण्डितमूर्ति कहाँ छ किन काष्ठमण्डपभित्रै नराखी सङ्ग्रहालयमा लगि राख्न लगियो । प्रश्नको चित्त बुझ्दो जवाफ छैन । हाम्रा पुर्खाहरूले खाइनखाई आफ्नै सिप प्रविधि प्रयोग गरेर बनाएको नौ तल्ले दरवार, हनुमानढोकास्थित गद्दि वैठक चीन, अमेरिका जस्ता देशहरूले पुनर्निर्माण गरिदिनुपर्ने स्थितिलाई कसरी गौरव भन्ने प्रश्न बनेको छ । इन्द्रचोकस्थित आकाशभैरवको पुनर्निर्माण मार्वल, सिमेन्ट राख्नैपर्छ भनेर वितण्डा मच्चाउँदा होस वा रानीपोखरी, कमलपोखरी पुननिर्माणगर्दा, बसन्तपुरमा कङ्क्रिटको भण्डा निर्माण गर्दा होस वा भूगोलपार्कमा आचार्यवन्धुको प्रतिमा राख्न खोज्दा जनताले प्रतिबाद गर्नुपर्ने स्थिति ठूलो विडम्वनाको कुरा हो । पुरातात्विक सम्पदा भनेको पुननिर्माण गर्दा हामीले के भुल्नु हुदैन भने रातो, सेतो मच्छिन्द्रनाथ वा उपत्यकाका जात्रा गर्ने खट रथ बनाउँदा एउटा पनि फलामको किला प्रयोग गर्नुहुँदैन भन्ने विधान छ त्यो विधान विपरीत भयो भने त्यो संरचना सम्पदा योग्य हुदैन त्यसमा विवाद, मुद्दा, जुलुस नारा आवश्यक छैन । जहाँसम्म भुकम्पपछिको पुर्ननिर्मित सम्पदा कति ठिक कति बेठिक भन्ने प्रश्न सचेत जनता आफैले अनुगमन गरिरहेका छन् ।
३. मध्यपुर कलापरिषदका संस्थापक अध्यक्ष गणेशराम लाछीको पहलमा सिक्किममा इन्द्रजात्राको रथारोहण र नेवार समुदायले इङ्ल्याण्डमा मच्छिन्द्रनाथ को जात्रा थालेछन्, के भन्नुहुन्छ ?
उपत्यकामा मनाइने जात्रा पर्व संस्कृति प्राकृतिक पर्व हुन् । त्यस्ता अमुर्त सम्पदा युक्त जात्रा मनाइदा तिथियुक्त पनि हुने भएकाले रातो मच्छिन्द्रनाथको रथारोहण हुँदा अकासबाट पानी पर्नै पर्ने र इन्द्रजात्राका लागि उपत्यकामा सित झरेर जाडो सुरू हुने वैज्ञानिक तथ्य छन् । आख्यान जेसुकै भएपनि सिक्किमा, वेलायतमा जात्रा रथारोहण गर्दा मनोरञ्जन र नेवार संस्कृतिलाई व्यापकता दिन सकिएपनि प्राकृतिक भावसँग त्यो पर्वले तालमेल खाँदैन ।
४. त्यसो भए नेवारका जत्तिपनि संस्कार संस्कृति वास्तुकला प्राचिन
परम्परा हुवहु पुर्ननिर्माण र प्रचलन हुनुपर्छ भन्नुभएको हो ?
–त्यसो ठ्याक्कै भन्न खोजिएको होइन । समयसापेक्ष परिमार्जित पनि हुनुपर्छ भइरहेको पनि छ तर मुलमा नै भूल पर्ने गरी काठैकाठको मन्दिरलाई सिमेन्टमय बनाउनु ,जहाँ पायो त्याहाँ जहिलेपायो त्यहिले जात्रा पर्व मनाउदै जानु भनेको गर्मी महिनामा योमरी घिउचाकु खाने÷खुवाउने जस्तै हो । देवताको मूर्तिमा रङ्ग मात्र लगाउँदा पनि आँखा जिउ हातखुट्टा मुकुटमा छुट्टाछुटटै रङ्ग लगाइनु पर्ने विधान छ तर कुमारी घर बसन्तपुरको झ्यालढोका टुँडाल तोरणमा विधान विपरीत इनामेल पोत्ने कार्य गरी संस्कार विपरीतको कार्य भएको छ । जुन राम्रो असल संस्कार होईन ।

 

Loading...