कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबुलाई नै उम्मेदवार बनाउने

बैशाख १२.काठमाडौं । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई नै उम्मेदवार बनाउने भएको छ । २०७४ सालको निर्वाचनमा एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्याञ्जनकारलाई ३२६ मत अन्तरले हराउर्दै विजयी बन्नु भएका  मेयर महर्जन यसपटक पनि दोहोरिन लागेका हुन् । 

सभापति शेरबहादुर देउवाले महर्जनलाई उम्मेदवारीको तयारी गर्न भनिसकेको बताइएको छ । प्रेमकृष्ण महर्जन र भरतलाल न्याछ्यो पनि उम्मेदवारीको दाबेदार थिए ।

यसैगरी  कांग्रेसबाट विराटनगर महानगरपालिकाको मेयरमा शेखर कोइरालानिकट नागेश कोइरालाले टिकट पाएका छन् । विराटनगरको मेयरमा वर्तमान मेयर भीम पराजुलीदेखि सांसद डिला संग्रौला, अमृत अर्याललगायतका केन्द्रीय नेताहरूको पनि दाबी थियो ।

 

Loading...