गायक तथा संगीतकार वामीकी धर्म पत्नी स्व: मैया कायष्ठ प्रति समर्पित केहि शब्द

 

–  पदम श्रेष्ठ

झिन्यानु मानि व्याहा यायगु झिलिमिली स्वाँमा कोखायगु
मुसुमुसु न्हिला ,न्हैपुसे च्वङका तुतिपा स्वाँना खँल्हायगु
मुसुमुसु न्हिला ,न्हैपुसे च्वङका ता ला धका सतेगु …………………………..
अर्थात झिलिमिली माला पहिरने ,पन्ध्र दिन बाँकि छ विवाह गर्ने, मुसुमुसु हाँसि रमाईलो गरी खुटटा ,खुटटा जोडेर बसने भन्दै ख्याली तालका कालजयी गीतको रचना र स्वर दिन साथ दिनुहुने नेपालभाषाका प्रख्यात गायक तथा संगितकार जगमोहन वामीकी धर्म पत्नी मैंया कायष्ठको निधन भएको आज सातौं दिन हो ।
विगत तीन महिनादेखि वाथ दमका कारण ८० वर्षिया वामिकी जीवन संगिनी माघ १३ गते वित्नुभएको हो ।
छँ दुःख सिउगु खना जिगु मन हिल मिसा ः
पासा ः छम्ह हयला छन्त जिउला मजिउला मिसा ः जिउला मजिउला ?
भुटुली च्वसाँ छ हे छम्ह , वस ः हिउसाँ छहे छम्ह ,
न्ह्याथाय् वँसा छ हे छम्ह न्हयागु यासाँ छ हे छम्ह ।।
तसकँ हे थाकुल छन्त न्ह्यागु यासाँ छ हे छम्ह
आफनी जीवन संगिनीसंग यसरी नै अर्की ल्याउँकी तिम्रो सहायताको लागि भन्दै ख्याली रचनामा साथ दिदै चराचुरी सरी जीवन व्यतित गरीरहनुभएकी जीवन साथीको देहान्तलाई ४ छोरी र दुई छोराका पिता गायक तथा संगीतकार वामी भन्नुहुन्छ ,मेरा देखिने संज्ञीत साधनाका गुरु अव्दुल खाँ ,कृष्णमान महर्जन र मुरलीभक्त प्रधानाङग भएपनि पाईला पाईलाकी संगीत गुरु मेरी धर्मपत्नी मैयाँ नै थिईन ।
एक प्रसङगका क्रममा गायक तथा संगितकार वामी सटिक जवाफ फर्काउँदै भन्नुहुन्छ , खल्टिमा भएको केहि रकम हराउँदा त त्यसको पल्सा नपाएसम्म पिडा भैरन्छ भने मैयाँ त मेरी जिवनकी एक अभिन्न छायाँ थिई तर त्यो स्वभाविक सत्यलाई म आत्मसाथ गरेरै अघि बढ्ने छुँ ।
झर्रो शव्द्ध चयनका माध्यमबाट लोप भैसकेका नेपालभाषाका गीत संगीतको श्रृजनामा आफ्नो जीवनका अधिकाशं जीवन भोगिसक्नुभएका वरिष्ट गायक तथा संगितकार वामीले नेपाल भाषा ,नेपाली र तामाङ भाषाबाटपनि मार्मिक गीत लेखन र संगीत भरी सक्नुभएको छ । वामीया दवु अडियो क्यासेट ,घटनाया चक्र नाटक लेखन निर्देशन ,गुथिपा ख्याल ,दुःखिया लँपुई नाटक लेखन , निर्देशन र अभिनय समेत गरिसक्नुभएका वामीका हरेक श्रृजनामा धर्मपत्नी मैंयाको एक्यवद्धता नरहेको भए एक्लैले केहि गर्न नसक्ने अनुभुति पोख्नुहुन्छ उहाँ । हुन त मञ्च तथा अभिनयमा गीत संगीतमा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ , तारादेवी ,रमेश ताम्रकार ,योगेश बैद्य ,संगिता शाक्य ,रत्नमानजस्ता व्यक्तित्वहरुको स्वर रहेपनि कतै न कतै आफनो अनुभुतिमा मेरी धर्मपत्नी मैंया मेहर कायष्ठको साथ रहेको थियो, आज स्मृतिमात्र बाँकी रह्यो छोटो प्रतिकृया दिनुहुन्छ वामी ।

 

Loading...