कोरना खोपको बुस्टर डोज बुधबार बात दिइदै

पुस २०, काठमाडौं ।  सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको अतिरिक्त ( बुस्टर डोज ) मात्रा खोप बुधबारबाट दिने भएको छ । कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरुलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो ।

राष्ट्रिय खोप सल्लाहकार समितिले तोकेको सिफारिसमा परेका समूहलाई पहिलो चरणमा बुस्टर डोज दिइने छ । मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोध क्षमता कम भएका, क्यान्सर पीडित, अंग प्रत्यारोपण गरेका, एचआइभी पीडितलगायतलाई बुस्टर खोप लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिम समूहमा रहेका व्यक्तिलाई पूर्ण खोप लगाएको भएपनि भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै थप मात्रा खोप मात्रा दिने निर्णय गरेको हो ।

 

यस्तै, चिनियाँ खोप भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई पनि बुस्टर खोप लगाइने छ । लक्षित व्यक्तिहरूले पहिले खोप लगाएको कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन सक्ने पनि मन्त्रालयले जनाएको छ ।

खोप लगाउनका लागि आफूले पहिले खोप लगाएको कार्ड लिएर आफ्नो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु   काफ्लले आग्रह गनुभएको छ ।

Loading...