बिभिन्न बाहाना र समस्या देखाई अनलाइन ठगी गर्ने पक्राउ

पुस २०,काठमाडौँ। सर्वसाधारण लगायत उच्चपदस्थ ब्यक्तिहरुको फेसबुक आईडि ह्याक गरी बिभिन्न बाहाना र समस्या देखाई अनलाइन ठगी गर्ने पक्राउ परेको छ। महानगरीय अपराध शाखाले नक्कली ब्यक्ती बनि बिभिन्न बाहाना बनाई आफुलाई अर्जेन्ट समस्या परेको देखाई विश्वास दिलाइ बिभिन्न खातामा पैसा पठाउन लगाइ अनलाइन ठगी गरेको आरोपमा भक्तपुर गठ्ठाघर बस्ने किरण पाठकलाई सोमबार पक्राउ गरेको हो।
पक्राउ परेका पाठकलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परीसर टेकु काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ।