नेकपा माओवादी केन्द्रबात राष्ट्रियसभा निर्वाचनका लागि पाँच उम्मेदवारको टुंगो

पुस २० , काठमाडौँ –  नेकपा माओवादी केन्द्रले आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि पाँच जना  उम्मेदवारको  टुङ्गो लगाएको छ ।

माओवादीले प्रदेश २ बाट महिलाबाट उर्मिला अर्याल, गण्डकीबाट दलित कोटामा भुवन सुनार, सुदूरपश्चिम दलितबाट जगत पार्की, कर्णाली प्रदेशको अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र अन्यबाट सुरेश आलेमगर राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरेको हो ।

आगामी राष्ट्रियसभाको सदस्यको निर्वाचनमा पाँचदलीय सत्तागठबन्धनमा अवद्दा माओवादी केन्द्र सहितले  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती दिने भएको छ ।

सत्तागठबन्धनको बैठकले राष्ट्रियसभा सदस्यका लागि १९ पदमध्ये माओवादीका लागि पाँच सिट छुट्याएको थियो ।

Loading...