नेपाल सम्बतलाइ ब्यबहारिक रुपमा प्रयोगमा ल्याउन बर्ष भरि विविध कार्येक्रम हुनु पर्ने – उपाध्क्षय शाक्य

मङ्सिर ४,काठमाडौँ।  नेपाल कयुनिष्ट पार्टी  (एमाले) का उपाध्क्षय तथा बागमती प्रदेशका पुर्व मुख्य मन्त्री अष्ट लक्ष्मी शाक्यले नेपाल संवतलाइ ब्यबहारिक रुपमा प्रयोगमा ल्याउन बर्ष भरि विविध कार्येक्रम हुनु पर्ने बताउनु भएको छ।
नेकपा एमाले नगर कमिटि अन्तर्गत काठमाडौँ महानगर पालिका २३ वडा कमिटीले शुक्रबार आयोजना गरेको नयाँ बर्ष नेपाल संवत ११४२ को उपलक्षयमा सुभकामना आदान प्रदान कार्येक्रममा प्रमुख अतिथि रहेका शाक्यले राष्टिय संवतको रुपमा मान्यता प्रधान भइसक्दा यस्लाइ कार्यान्वयन गर्न बर्षे भरिको विभिन्न कार्येक्रम निरन्तर गरि रहनु पर्नेमा जोड दिनु भयो। शंखधर साख्वॉले राष्ट्रियता भवनमा देखाएको योगदानलाई सम्झेर ,अभिप्रेरित भएर लाग्नु पर्ने बताउनु भयो। 

 
यसै गरि काठमाडौँ महानगर पालिकाका मेयर बिध्या सुन्धरा जनैतिक चेतना विकासले आन्दोलनको रुपमा परिवर्ति भएर नै आज नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा स्थापित गर्न सकेको बताउनु भयो।
कार्येक्रममा महानगर कमिटिका अधक्षय निर्मल देउला,२३ वडा अधक्षय मचाराजा महर्जन नेकपा २३ वडा कमिटिका अध्क्षय किरण मानन्धर लगाएतले आफ्नो धारणा राखेका थिए।

सो अवसरमा बिभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान दिएका १६ जना व्यक्तित्व सम्मानित भएका थिए।

Loading...