वीर अस्पतालले घरबाटै टिकट लिने डिजिटल सेवाको गर्यो सुरुवात

मङ्सिर ४,काठमाडौँ । देशकै जेठो वीर अस्पतालले बिरामी जचाउन लिनुपर्ने टिकट वितरणलाइ डिजिटल बनाएर सरल सेवाको सुरुवात गरेको छ ।
अस्पतालले शुक्रबार बात मोबाइल एप्लिकेसन प्रयोग गरि अनलाइन टिकट लिन सक्ने गरी सरल र आधुनिक सेवाविस्तार गरेको हो ।

यो सेवा विस्तारले बिरामीलाई लामो लाइनमा समय खर्चिने झन्झटबाट मुक्त हुने बिर अस्पताल प्रशासनले बिस्वास लिएको छ। बिरामीले अब मोबाइलको प्लेस्टोरमा गएर ‘वीर अस्पताल’ एप्लिकेसन डाउनलोड गरि यो सेवा लिन सक्कने छ ।

वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतका अनुशार ई–सेवा वा खल्तीमार्फत टिकट शुल्क तिरेपछि बिरामीले अस्पतालको ओ.पी.डीमा सेवा लिन सक्ने छ ।

अस्पतालले यसअघि नै ल्याब रिपोर्ट अनलाइनमार्फत् नै हेर्न मिल्ने व्यवस्था गरिसकेको छ।

Loading...