छठ पर्वले मिथिला क्षेत्रमा छायो रौनकता

काठमाण्डौ- दोश्रो ठुलो महान चाड सकिए लगतै मिथिला क्षेत्रमा छठ पर्वको रौनकता बढेको छ । सूर्य उपासना गरि मनाइने छठ पर्व अन्तर्गत आज व्रतालुले ‘नहाय–खाय’ विधि अपनाई यो बर्षको पर्व आरम्भ गर्दैछन् ।
छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् ।बिगत दुइ बर्ष कोरोना सङ्क्रमणका कारण परिवारमा सिमित रही साँगुरो परिधि भित्र मनाउन बाध्य भएका भक्तालु यस बर्ष महामारीको असर न्यून भएपछि खोलेर पर्व मनाउन पाइने भएपछी छठ पर्वको रौनकता थप देखिएको छ ।
छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् ।

यसै गरि काठमाण्डौको पशुपति क्षेत्रमा रहेको गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट बनाउन सुरु भएको छ । यसैगरी कमलपोखरी, नागपोखरीलगायत ठाउँमा पनि छठ मनाउन छठ घाट अर्थात पूजास्थल निर्माण भइरहेको छ । यस वर्ष आउँदो बुधवार छठ पर्वको मुख्य दिन परेको छ । भोलिपल्ट अर्थात कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।

छठका अवसरमा आउँदो बुधवार सार्वजनिक बिदा दिइएको छ ।

Loading...