एमालेले जनतालाई झुठो र हावादारी गफ बाहेक केहि दिन सकेन- सांसद श्रेष्ठ

कार्तिक १८ ,काठमाडौँ।  नेपाल कम्युनिस्ट पार्टी  ( एकीकृत समाजवादी) का केन्द्रिय समिति सदस्य तथा सांसद जीवन राम श्रेष्ठले एमालेले जनतालाई दिएको बचन र चुनावी घोषणा पत्रमा बाचा गरे अनुसार काम नगरेपछि सोहि जिम्मेवारी बोकेर नेपाल कम्युनिस्ट पार्टी  (एकीकृत समाजबादी )  गएको बताएका छन् ।
 (एकीकृत समाजबादी )  काठमाडौँ महानगर जिल्ला कमिटि २३ वडाले आयोजना गरेको नेपाली नयाँ बर्ष  नेपाल सम्बत्  न्हूदँ ११४२  को उपलक्षयमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नयाँ ढंगबाट देश जनताका लागि आफूहरु प्रतिवद्द भएर जाने प्रतिवद्धता प्रकट गरे।
सांसद श्रेष्ठले भने ‘ नेकपा एमाले दक्षिण पन्थी बिषर्जन बादी तिर मुन्मिख हुदै जादा पार्टी भित्रका हामी कयुनिष्ट विचार र सिद्धान्त बोकेकाहरु निकै संघर्ष गर्दै नेतृत्व सच्याउन निकै प्रयास गर्दा पनि नसच्चिए पछि छुटै कित्तामा स्थापित भएका छौ।” जनताले जे आशा गरेका थिए ,त्यो ओली नेतृत्व नेकपाले पुरा नगरेको प्रश्ट पार्दै उनले देश र जनताका लागि काम गर्नुपर्ने बेला ओलीसरकारले झुठो र हावदारी गफ मात्रगरेको आरोप लगाए ।” ओली हास्य पात्र र कतै उभिदा जनता हास्ने बाहेक केहि भएन।” उनले भने । एमाले पार्टीलाई सच्याउन लाख कोसिस गर्दा पनि नसचिए पछि नयाँ बिकल्पका साथ जनतामा गएको उनले दावी गरे।
शुभकामना अडान प्रदान कार्यक्रममा केन्द्रीय समिति सदस्य सागर नेपाल ,महानगर कमिटि अध्क्षय रामेश्वर श्रेष्ठ ,  काठमाडौँ क्षेत्र न ८ का इकाई  अध्क्षय सुरेन्द्र हर्ष बज्राचार्य लगायत नेता कार्यकर्ताको उपस्थिति थियो।

Loading...