‘ निक शिक्षा दिअ ’ अभियानले समाजमा पर्यो यस्तो प्रभाव

 

जनकपुरधाम, असोज १५ । ‘निक शिक्षा दिअ ’ मैथिल भाषाको यो नाराको अर्थ ‘गुणस्तर शिक्षा देऔं ’ भन्ने हुन्छ । दुई वर्षअघिदेखि धनुषा जिल्लाका चारपालिकामा सञ्चालनमा ल्याएको यस अभियानले राम्रो प्रभाव पारेको बताइएको छ । लक्ष्मनिया गाउँपालिकासहित नगराइन, सबैला र गणेशमान चारनाथ नगरपालिकामा यस परियोजना सञ्चालित छ ।
शिक्षा र वालश्रमको क्षेत्रमा क्रियाशील करिब सम्पूर्ण वालवालिकालाई विद्यालयमा अध्ययन गराउन र वालश्रम मुक्त गर्नको लागि असमान नेपाल सहजकर्ताको भूमिकामा छ ।
कोरोना भाइरस (कोभिड –१९)को महामारीको पहिलो र दोश्रो लहरमा वालवालिकाको सिकाइको निरन्तरता, मनोसामाजिक असर तथा प्रभाव कम गर्न शिक्षण सिकाइका विभिन्न विकल्पहरुको प्रयोग गरिएको सो परियोजनाका टिम लिडर दिलिप यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक टोल, एक शिक्षक परिचालन गर्दै अभ्यास पुस्तिका वितरण, ‘एकले पाँचजनालाई पढाउने’ र ‘घरमे स्कुल, अभिभावक बनु शिक्षक’ अभियान र मोबाइलबाट शिक्षण तथा प्रश्नउत्तर सोध्ने (हाजिरीजवाफ) गर्ने अभियान सञ्चालित भएका थिए ।
आमा समूह, छात्रा सञ्चाल, वाल क्लबहरु गठन गरेर सामाजिक र आर्थिक रुपमा पछि परेर विद्यालय जान नपाएका वालवालिकाहरुलाई विद्यालयसम्म पु¥याउने, विद्यालयमा पनि निरन्तर रुपमा अनुगमन र विभिन्न शैक्षिक गतिविधिहरु हुँदै आएका छन् ।
यसरी निरन्तर रुपमा क्रियाकलापहरु भएपछि करिब ८० प्रतिशत विद्यार्थीहरु नियमित रुपमा विद्यालयमा पुगेको र तीस प्रतिशतबाट बढेर ६० प्रतिशतसम्म शैक्षित क्षमता बढेको आसमान नेपालको तथ्याङ्कमा उल्लेख छ
गणेशमान चारनाथ नगरपालिकावडा नम्बर २ का वडा सदस्य विहारी धामीले कोभिडको बेलामा पनि निरन्तर रुपमा टोल टोलमा पुगेर शैक्षिक गतिविधि हुँदा मनोवैज्ञानिक रुपमा दलित र विपन्नवर्गका विद्यार्थीका अध्ययनशीलता बढेको बताउनुभयो ।
लक्ष्मनियाँ गाउँपालिकाको नगडियास्थित ज्ञानोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार लाल कर्ण यस अभियानका अनुसार शिक्षक, अभिभावक र विद्यार्थीहरुमा पढ्न र पढाउनपर्छ भने जागरण आएको बताउनुहुन्छ ।
उहाँका अनुसार विद्यालय र संस्थाका समन्वयका कारण ८५ जना विद्यार्थी भएको निम्न माध्यामिक विद्यालयलाई माध्यामिक विद्यालय बनाउँदै चारसय विद्यार्थी पु¥याउन मद्दत पुगेको छ ।
विद्यालयको सरसफाइ, खानेपानी र चर्पि निर्माणमा सहयोग भएका कारणले पनि छात्रासहित छात्रलाई अध्ययन गराउन सहज भएको उहाँले बताउनुभयो ।
सामाजिक परिचारिका पुनम यादव यस अभियानका कारणले विद्यार्थी, शिक्षक र अभिभावकमा पढाउनुपर्छ भन्ने धारणा बढेको बताउनुहुन्छ ।
गुणस्तर शिक्षा, थप शैक्षिक क्रियाकलाप र वैकल्पिक शिकाइ कारण विद्यार्थीहरुले लकडाउनको समयमा पनि शैक्षिक गतिविधिमा भाग लिएको स्मरण गर्नुभयो ।
यस्तै, अर्का सामाजिक परिचारिका अर्चना ठाकुरले निमुखा तथा दलित वस्तीहरुमा पनि शिक्षाविना जीवन अँध्यारो रहने भएकाले शिक्षा लिनुपर्छ भनेर जागरण आएको बताउनुभयो ।
गणेशमान चारनाथ नगरपालिकाको गौरी छात्रा सञ्जालकी सचिव अर्मिसा कुमारी अधिकारीे विगतमा विद्यालयमा नजाने मस्लिम समुदायका वालवालिकाहरु पढ्नुपर्छ भनेर विद्यालयमा जान थालेको कुरा बताउनुहुन्छ । उहाँले ९९ प्रतिशत सो क्षेत्रमा वालश्रम मुक्त भएको दाबी गर्नुभयो ।
होटलमा वालश्रममा लाग्नुभएका लक्ष्मनिया गाउँपालिका वडा नम्बर ५ का नावालक शंकर धंकारले यस संस्थाले उद्दार गरेर अध्ययन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

 

Loading...