काठमाडौँ। नुवाकोट, ओखरपौवामा २०६२ सालमा फोहोर फ्याँक्ने सहमति भएसँगै बालाजु–बाइपास त्रिसुली जोड्ने राजमार्ग फोहोरका गाडी गुड्ने बाटो नै बन्यो। मुख्य बाटो बात दुइ किलोमिटरको दुरीमा रहेको ककनी गाउँपालिका– २ को सिसडोल ल्यान्द्फिल्ड सम्मको झन्डै आध बाटो बिग्रेर खेत भन्दा कम छैन। बर्षातको समय एकातिर महा-दुर्गन्ध अर्को तिर सामान्य मोटर साइकल सम्म जान प्राय असम्भव देखिन्थ्यो।
शनिबार बिभिन्न सफाई अभियन्ताहरुको टोलीले सिसडोल र नयाँ बन्दै गरेको धादिंग छत्रे देउराली धुनु वेशी वडा न ९ स्थित बन्चरे डांडा ल्याण्ड फिल्ड साइड सम्मको अवलोकन गरे।
बिस्व सफाई अभियान , फोहर उठाउन सघाऔ अभियान , मनोहरा सफाई तथा सम्पदा नागरिक अभियानका अभियानता सो स्थान सम्म पुग्न फोहरको दुन्गुरमा टेकेर बल्लतल्ल बन्चरे पुगे। अभियन्ता पुग्दै छ भन्ने खबर थाहा भएपछी स्थानीय पनि पुगे केहि दुखेसो पोख्न। स्थानीय साइलो बहादुर बलामी भन्छन ‘ फोहर फ्याक्नु अगाडी बाटो घाटो सबै बनाई दिने बाचा गरेका थिए। काठमाडौँ महानगर पालिकालाइ धेरै पटक दुखेसो पखे सडक नै बन्द गरेर माग गरे तर नट महानगर नगर पालिका सुने नट ककनी गाउ पालिकाले सुने नत सरकारका सम्बन्धित निकायलेनै ’
अर्का स्थानीय स्यान कुमार बलामी भन्छन ‘यो ठाउँ त मानिस बस्न नै लायकको भएन। नर्क भनेको नै यहि हो। हामीले पटक पटक गुनासो गर्यौ सडकै छेक्यौ तर समस्या समाधान को त् कुरै छोडौ उल्टो पुलिस प्रशासन लगाएर लठ्ठीले कुट्न लगायो। मानिस कोहि बिरामी भैहाले अस्पताल पुर्याउने साधन सम्म गुडाउन अवस्थाको छैन यत्तिको हेपिएर बस्नु परेको छ र तल्लो दर्जाको नागरिक भएर बस्न बाध्य छौ। ’
बन्चरेका स्थानीय पुस्कर उप्रेती भन्छन ‘ सिसडोलमा बैज्ञानिक तरिका बाट फोहर फ्याकिने छ भनि गाउलेलाई फकाए तर कस्तो छ , सबैले थाहानै छ। अहिले यो बन्चारेमा सहरी बिकास मन्त्रालयले गरेको पूर्वाधार निर्माण पुरा भैकन काठमाडौँ महानगर पलिकालाई हस्तान्तरण लागिएको छ। फोहर र मानिस एकै स्थानमा बस्न सकिन्न , यो ठाउको जनताको कुरा नसुनेर राजनैतिक दलले २०० भन्दा बढी घरका परिवार प्रति मह-अन्याय गर्न लागिरहेका छन्। सिसडोल भन्दा फरक ब्यबस्थित तरिका बर जुन सम्झौता भएको थियो त्यो कुनै सुनुवाई भएको छैन। ’
अर्का स्थानीय सनत उप्रेती भन्छन ‘ काठमाडौँ महानगर पालिकाको दवाबमा भवन विभागले केहि संरचना तयार परेको छ तर फोहर फाल्न तयार भएको छैन र पछि हामी जिम्मेवार हुने छैनौ भनेका छन्। येही अवस्थामा फोहर फ्याक्ने हो भने सिसडोल भन्दा भयानक हुने पक्का छ। जनताको मुद्दा कताहो कता आफ्नै ढंग बात काम गरिरहेको छ। सिसडोलमा बिगतमा जनता संग सहमत गरे बमिजिम कार्यान्वयन भए फोहर बन्चरे आउन बरवरण बन्ला अन्यथा हुन् हामी ब्यापक बिरोध गर्ने नै छौ। साइटको पूर्वाधार राम्रो नौ नबन्दा भवन विभागले काठमाडौँ महानगरलाई लिखित रुपमा पछि भैपरी आउने समस्याको जिम्मेवार स्व्येम आफै हुने छ भनि दिइ सकेका छन्। सफल र प्राविधिक रुपमा यो बनेकै छैन , हाम्रो माग भनेकै २० बर्ष देखि दुख झेली रहेका जनता सम्मिलित अधिकार सम्पन्न समिति हो। फोहरलाइ उद्योग को रुपमा बिकास गर्नु पर्यो मानिस बस्न लायेकको वैज्ञानिक पद्दति अपनाइनु पर्यो। ’
विश्व सफाई अभियानका संयोजक राजमान मानवले काठमाडौँ महानगरले छुटै बैकल्पित फोहर फ्याक्ने ल्याण्ड फिल्ड साइड स्थापना गरिनु पर्ने र हाल संचालमा रहेको सिसडोल सम्म पुग्न पनि छुटै बैकल्पित बाटो हुनु पर्ने बताए।
यसै गरि गोदावरी सफाई नै सारथी अभियानका संयोजक मैया दाहालले सिसडोलका जनता प्रति काठमाडौँ महानगर गरेको गैर जिम्मेवार मानव बिरुद्द भएको बताईंन। महानगरले अहिलेको यो सताव्दीमा बैज्ञानिक प्रयोग नगरी लापरवाही ढंग बात फोहर ब्यबस्थाप गरिनु दिगो समाधान नभएको बताईंन।
फोहोर संकलनको जिम्मा महानगर अन्तर्गतका वडाले विभिन्न निजी कम्पनीलाई दिएका छन्। तिनले बटुलेको फोहोर सिधै टेकुस्थित संकलन केन्द्र पुर्याइन्छ। र, तीन–चार दिन सडाएपछि ट्रकमा हालेर सिसडोल लगिन्छ।
काठमाडौंमा दैनिक आठ सय टन फोहोर उत्सर्जन हुन्छ। वर्गीकरण नगरी एकै ठाउँमा हाल्दा परिमाण अझै बढ्न सक्छ। यी सबै फोहोर निजी र महानगरका गरी दैनिक दुई सय बढी टिपर-ट्रक ककनी गाउँपालिका– २ को सिसडोल पुग्छन्। काठमाडौं, ललितपुर, भक्तपुरसहित १८ वटै पालिकाको फोहोर यहाँ पुग्ने गरेको छ ।