इन्द्रजात्रा सभ्य र भब्य तरिकाले मनाउन गुठि/समुदाय संग समन्वयकारी भूमिका रहन्छ- वरिष्ट उपरिक्षक शिंह

काठमाडौँ। एतिहासिक राष्ट्रिय पर्व इन्द्र जात्रा नजिकिदै गर्दा यस पटकको यो जात्रा कसरि सम्पन्न गर्ने भन्ने चासो बढेको छ। अघोल्लो बर्ष कोविडका कारण स्थगित गरिएको जात्रा संक्रमणको जोखम कायमै रहेका बीच असोज ३ गतेबाट सुरुहुने जात्रा सुरछित तरिकामा मनाउने बारे जात्रा संग संबन्धित बिभिन्न गुठि , समाजका प्रतिनिधि र प्रहरी प्रशासन बीच छलफल भएको छ। 
यसै बीच वरिष्ट प्रहरी उपरिक्षक तथा महानगरीय प्रहरी परिसर प्रमुख अशोक शिंहले यस बर्षको इन्द्रजात्र समुदाय संग समन्वय गरि शान्ति सुरक्षाको प्रत्याभूत हुने गरि ब्यबस्थित ढंगबाट पर्व मनाउन प्रहरी प्रसाशनको भूमिका सहयोगी हुने बताउनु भयो।

इन्द्र जात्र ब्यबस्थापन समिति र महानगरीय प्रहरी वृत्त जनसेवाको संयुक्त आयोजनामा सोमबार आयोजित अन्तरक्रिया कार्येक्रममा उपरिक्षक शिंहले यो पर्व संसार भर हाम्रो मौलिक परम्पराको परिचय दिने भएकोले सभ्य ,सुरक्षित तरिकाले मनाउनमा मुख्य भूमिका समुदायको रहने बताउनु भयो। पर्व मनाउदा विगतमा हुनेगरेको कमि कमजोरीलाइ छलफलको मध्यम बात सुधार गरिने र कोविड महामारीलाइ मध्ये नजर गर्दै नागरिकलाई सुरक्षित बनाउन प्रहरीले समन्वयात्मक भूमिका निर्वाह गर्ने जानकारी दिनु भयो।
यसै गरि जनसेवा वृत्त प्रमुख दानबहादुर मल्लले जात्र आवद्द गुठि , समाजका प्रतिनिधिलाइ जात्रा अवधि भरि प्रहरी / समुदाय बीच समन्वयकारी भूमिका खेल्न आग्रह गर्नु भयो।
काठमाडौँ महानगर पालिका २२ वडा अध्क्ष चिनिकाजी महर्जनले मौलिक जात्रा पर्व मनाउन समाज आफै सभ्य हुन् जरुरि रहेको बताउनु भयो । सबै जिल्लाका मानिसको कर्म थलो काठमाडौँ भएको हुनाले उपत्यकामा हुने मौलिक पर्वको बारेमा उनीहरुलाई पनि जानकारी गराउदा सहज र सुसक्षित ढंगबाट जात्रा सम्पन्न गर्न सक्ने बताउनु भयो।
जनसेवा सामुदायिकका उपध्क्षय पबित्र बज्राचार्यले जात्रा पर्व मनइनु अगाडी कुन कुन स्थानमा सडक अवरुद्द हुने हो ? सबैमा पुर्व जानकारी भए जात्रामा ब्याबधान नहुने विचार ब्यक्त गर्नु भयो।
अन्तरक्रिया कार्येक्रममा बिभिन्न गुठि ,समाजका प्रतिनिधिले बिगतमा ट्राफिक ब्यबस्थापन ब्यबस्थित कमजोर हुने गरेका कारण जात्रामा धेरै अनावश्यक भिड तथा ब्याबधान हुने गरेकोले यस पटकको पर्वमा ब्यबस्थीत् हुनुपर्नेमा सम्वब्धित निकायले ध्यान दुनु पर्ने सुझाए।
कार्येक्रममा बिभिन्न वडाका अध्क्षय ,सुरक्षा निकायका प्रतिधि , गुठि समाज अवद्दा प्रतिनिधिहरु सहभागी थिए। 

भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

Loading...