आगामी तीन दिन भारी वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले आगामी तीन दिन भारी वर्षा हुने जनाएको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको विभागको मौसम पूर्वानुमान महाशाखाको अध्यनले देखाएको छ।

महाशाखाबाट जारी बुलेटिनले प्रदेश १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षाका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली रहेको उल्लेख गरेको छ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा आज मेघ गर्जन/चट्याङ्गसहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ।

मध्य तथा सुदूरपश्चिमका तराई तथा पहाडी केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडि भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Loading...