स्कुटर चोरी गरि नक्कली नम्बर राख्ने जोह गर्दा गर्दै ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ। स्कूटर चोरी गरि भाग्दै गर्दा पक्राउ १ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

गोकर्णेश्वरबाट बा७०प ५०५३ नम्वरको हरियो रंङको डिओ स्कुटर चोरी गरि भाग्दै गर्दा गौरीघाट बस्ने वर्ष २४ को अर्पण महतलाइ बिहिबार पक्राउ गरेको हो ।
ट्राफिक प्रहरी महाशाखाबात खटेका टोलीले चोरी भएको स्कुटर लिई हिडिरहेको अवस्थामा गोकर्णेश्‍वरको अर्यालगाउँबाट महतलाइ नियन्त्रणमा लिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
उक्त स्कुटर धनी काभ्रे पाँचखाल घर भई गोकर्णेश्‍वर नयाँबस्ती बस्ने प्रविन श्रेष्‍ठले ९ गते  हराएको  बारे  प्रहरीलाई जानकारी दिएका थिए। सोही सुचनाको आधारमा खोजतलास गर्दै जाँदा वास्तविक नं. परिबर्तन गर्ने अवसरको खोजी गर्दै हिडेको अबस्थामा  महत पक्राउ परे महाशाखाले जनाएको छ।

स्कुटर धनी श्रेष्ठको निवेदनका आधारमा स्कुटर सहित पक्राउ परेका महतलाई थप अनुसन्धान एव कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको महाशाखाका प्रवक्ता संजिव शर्मा दासले बताउनुभयो ।

Loading...