काठमाडौँको ३२ वटै वडामा भेरोसेलको दोस्रो डोज आज बाट सञ्चलान

काठमाडौं । कोभिडविरुद्धको चाईनिज खोप (भेरोसेल)को दोस्रो डोज आज बाट सञ्चालन हुने भएको छ ।

जिल्ला खोप समन्वय तथा अनुगमन समिति काठमाडौंको मंगलवार बसेको बैठकको निर्णय अनुसार खोप कार्यक्रम संचालन गरिएको हो ।
पहिलो खोप लगाएको २१ दिन पुरा भएकाहरुले काठमाडौं महानगरपालिका ३२ वटै वडामा गएर तोकिएको खोप केन्द्रबाट खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ । काठमाण्डौका सबै पालिकामा-१ सय ४६ खोप केन्द्रका राखिएको छ ।   यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप पाउने छन् ।

सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अरु पनि खोप दिइनेछ ।

काठमाण्डौको राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा पनि खोप लगाउन पाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 

Loading...