सुन्धारा धरहरा पछाडिको नेवार समुदायको जग्गा धार्मिक आवरणमा हडप्न पाइदैन : नेवाःदेय् दबू

काठमाडौँ। काठमाडौंको सुन्धारा धरहरा पछाडी रहेको स्थानीय नेवार समुदायको जग्गा /टहरा धर्मको नाममा हड्पेको र सम्बन्धित जग्गाधनीलाई जग्गा उपभोग गर्नबाट वञ्चित गरिएको भन्दै नेवार समुदायको साझा संगठन नेवाःदेय् दबूले आपत्ति जनाएको छ ।

सुन्धारा क्षेत्रमा हालै भए गरेका घटनाले उपत्यकावासीहरुको धार्मिक सहिष्णुता र सद्भावमा खलल पुर्याउने चेष्टा र प्रयास विविध कोणबाट भइरहेको दबुले आरोप लगाएको छ । 

दबूले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपत्यकाका रैथाने वासिन्दाहरु यस्ता कुत्सित मनसाय प्रेरित व्यक्ति तथा समुदायहरुको षड्यन्त्रबाट भ्रमित नहुने कुरा स्पष्ट पार्दै सबैलाई सचेत रहन अनुरोध गर्न चाहन्छौं ।’

अन्यथा तरिकाले कुनै पनि व्यक्तिको जग्गा र सम्पत्ति सम्पदाको स्वामित्व स्थापित गर्न खोज्नु न्यायसंगत नभएको दबूले ठहर गरेको छ ।

स्पष्टरुपमा कसको जग्गा, कुन सम्पदामा कायम गरिएको भन्ने जानकारी नदिइएको विज्ञप्तिमा भनिएको छ, ‘रैथाने परम्पराको निरन्तरतालाई बेवास्ता गरी शक्ति र सत्ताको आडमा बलपूर्वक कसैलाई विस्थापन गर्ने प्रयास भइरहेकोलाई क्षम्य मान्न सकिँदैन ।’ 

सम्बन्धित समाचार –

सुन्धारा धरहरा पछाडी रहेको घर जग्गा विवाद फेरी चुलियो

Loading...