सुन्धारा धरहरा पछाडी रहेको घर जग्गा विवाद फेरी चुलियो

काठमाडौँ। सुन्धारा धरहरा पछाडी रहेको घर जग्गा विवाद फेरी चुलिएको छ। सुन्धारा धरहरा पछाडी दक्षि ण पट्टि रहेको जग्गामा बनेको घर अगाडी बाट प्रहरीले बिहिबार केहीलाई नियेंत्रन्मा लिएको छ। प्रहरी नियेंत्रणमा पर्ने मध्ये रत्नकाजी महर्जनले छ आनामा बनेको सो जग्गा घर/टहरा दाजु जुजुकाजी महर्जनको स्वामित्वमा भएको बताउछन । सर्वोच्चले २०७२ असार ७ मा वृहत इजलाशले सो जग्गा घर आफुहरुको स्वामित्वमा रहने गरि फैसला गरेको र काठमाडौँ महानगरपालिकालाइ सो स्थान खाली गराउन समेत आदेश भएको महर्जन बताउ छन् ।   महर्जनले १५ दिन पछाडी आषर २२ मा विभिन्न समएमा गरि ५ पटक महानगरपालिकामा अदालतले दिएको आदेश कार्यान्वयन गराउन निवेदन दिएको र हालसम्म महानगरले नगरेको बताए। घटनाबारे महर्जनले बिहिबार आफ्नो निजि स्वामित्वको गर जग्गामा मस्जिदको स्वरूपमा परिवर्तन गर्न लागिएकोमा निरिक्षण र सो नगर्न भनि त्यस स्थानमा जादा आफु लगाएतलाइ प्रहरीले नियेंत्रमा लिएको बताए । नरेन्द्र बिक्रम राणाको नाउमा जग्गा धनि पुर्जा रहेको सो जग्गा टहरा सावित्री तिमिल्सिना र भेष राज न्यौपाने हुदै २०६१ सालमा रत्नकाजी र जुजुकाजी महर्जन दाजुभाइले खरिद गरि नाउसारि भएको देखिएको  छ। 

सो जग्गामा बनेको घरमा हाल मुस्लिम समुदाय , दुइ खड्गी परिवार र एक परियार परिवार बसो बास तथा भोग चलन गर्दै आएको काठमाडौँ महानगर पालिका २२ वडाका वडा अध्क्षय चिनिकाजी महर्जन बताउछन। यसै गरि सो स्थानमा भोग चलन गर्दै आएका मुस्लिम आयोगका अध्क्षय समिम मिया अन्सारीले उक्त जग्गा सरकारी भएको र अदालतलाई गुमराहमा राखी महार्जले आफ्नो  पक्षमा बनाएको बताए। । अध्क्षय अन्सारीले परापुर्वकाल देखि आफ्नो समुदाय बसोबास गर्दै आएको र इतिहास बोकेको दावी गरे ।
पटक पटक बिबादित हुदै आएको सो जग्गा घर हाल मुस्लिम समुदयले मस्जिद भन्दै आएका छन् भने २२ वडा अध्क्षय महाजनले सो जग्गा टहरा कुनै समएमा मुसफिर खान मात्र भएको र मस्जिदका रुपमा रहेको कुनै कानुनी प्रमाण नभएको र स्थानीय वडा कार्यालयबात मस्जिद भनि कहिँ कतै उल्लेख गर्न नसकिने बताउ छन्।

प्रहरीले नियेंत्रमा लिएका जुजुकाजी महर्जन , नेवार सामाजिक अभियानता चन्द्र कुमार महर्जन ,शम्भु कुमार महर्जन , बिकाश डंगोल , सागर महर्जन ,दिपक थापा लगाएतलाइ केहि समय पछाडी बिहिबार नै छाडिएको छ। प्रहरीले शान्ति सुरक्षा तथा कोरोना महामारीको समयमा ध्रेरै भिड जम्मा हुन् नहुने भनि उनीहरुलाई केहि समय नियेंत्रन्मा लिएर छाडिएको बताए।

Loading...