लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त , आजै नयाँ मन्त्री मण्डल बन्दै

 

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश सभाका चार दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु आज पेस भएको दाबीअनुसार माओवादी केन्द्र संसदीय दलका केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री केसीको नेतृत्वमा गठन हुने सरकारमा गठबन्धनका तीन दल र स्वतन्त्र समूहबाट गरी ६ जना मन्त्री बन्ने भएका छन् । मन्त्री बन्नेहरुमा कांग्रेसका डिल्ली चौधरी, माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहसराम यादव ,पुर्मती ढेगा ,सुमन शर्मा रायमाझी तथा स्वतन्त्र समूहबाट अजय शाहीपक्का भएको छ ।

Loading...