कोपाको उद्घाटन खेलमा ब्राजिल र भेनेजुयला

काठमाडौं ।  युरोकप फुटबल प्रतियोगिता सुरुवात भएको केहीदिनमै दक्षिण अमेरिकी राष्ट्रहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका पनि सुरुवात भएको छ।

कोपा अमेरिका खेलहरु नेपाली समयअनुसार सोमबार बिहानैदेखि सुरुवात हुँदैछन्।

जसअनुसार उद्घाटन खेलमा आयोजक टोली ब्राजिलले भेनेजुयलासँग भिड्नेछ। यो खेल सोमबार बिहानै २ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ।

त्यस्तै दोस्रो खेल पनि सोमबार बिहान कोलम्बिया र इक्वेडरबीच ५ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ।

Loading...