युरो कपमा आज ३ खेल, पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएसिया भिड्ने

काठमाडौं । मिनि विश्वकपको रुपमा परिचित युरोकपमा आज आइतबार पनि तीन खेल हुँदै छन्। पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएसिया भिड्ने छन्।

सो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ। दोस्रो खेल नर्थ मेसेडोनिया र अष्ट्रियाबीच हुनेछ। यी दुई देशबीच राति ९ः४५ बजे भिडन्त हुनेछ।

त्यस्तै तेस्रो खेलमा नेदरल्यान्ड र युक्रेन भिड्दै छन्। यो खेल मध्यराति १२ः४५ बजे सुरुवात हुनेछ। शुक्रबारदेखि सुरु भएको युरोकपमा हालसम्म चार खेल भएका छन्।

त्यसमा इटली, फिनल्यान्ड र बेल्जियमले जित निकालेका छन् भने स्विटजरल्यान्ड र वेल्सले बराबरी खेलेका छन्।

Loading...