काठमाडौं। काठमाडौं महानगरले संचालन गरेको कोविड बिरुद्दको भेरोसिल खोप विभिन्न अस्पताल बात प्रदान गरिने भएको छ। तालिका अनुसार महानगर भित्रका ६० देखि ६१ वर्ष उमेर समूहका व्यक्तिलाई शुक्रबार र शनिवार लगाउने तय भए पनि रोकिएको पहिलो चरणको खोप सोम र मंगलबार लगाउने तयारी थालिएको हो ।
महानगरले आइतबार सूचना जारी गर्दै भेराेसेलकाे पहिलाे मात्रा लगाएका व्यक्ति, काेरानाका वरामीकाे उपचार जाँच र प्रत्यक्षा उपचारमा संलग्न चिकित्साकर्मी प्यारा मेडिक्स नरसिंङका विद्यार्थीलाई खोपको पहिलो मात्रा लगाउन अनुरोध गरेको छ ।
खोप वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल नयाँबानेश्वरमा खोप लगाइने छ ।