जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य तथा उप प्रमुख हरि प्रभ श्रेष्ठ श्रेष्ठले जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण गर्नु भएको छ। कोभिड–१९ को रोकथाम र नियन्त्रण क्षमता अभिवृद्धिका निम्ति जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई आज चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो ।
मेयर शाक्यले संक्रमण भैहाल्यो भनेर बढी आत्तिने वा उपचार गर्न डराउने अवस्था भयो भने त्यसले थप जटिल बनाउने स्मरण गराउनुभयो । ‘काठमाडौँ महानगरपालिकाले कार्यपालिकाको बैठक बसेर कोभिड संक्रमण दरलाई न्युनिकरण गर्ने र सजगता अपनाउँदा–अपनाउँदै संक्रमण भैहाल्यो भने उपचारका लागि अस्पतालसम्म पुगेपछि सहज उपचारको व्यवस्था होस भन्ने हेतूले सरकारी र सामूदायिक अस्पतालसँग सहकार्य गरेको स्मरण गराउनुभयो ।’
यसै गरि उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले पहिलो लहर भन्दा दोस्रो लहरको कोभिडले बढी संक्रमण बढाएको भन्दै तत्काल महानगरपालिका आफैँले अस्पताल खोल्न नसक्ने अवस्था भएकाले सरकारी र सामूदायिक अस्पतालसँग सहकार्य गरेर अघि बढेको बताउनुभयो । ‘कोभिड निर्मूल पार्न सबै अस्पतालमा अक्सिजनको कमी हुन नदिने र घर–घरमा पुगेर खोप लगाउने अभियान चलाउनुपर्छ,’ उहाँले भन्नुभयो । हेल्पिङ हेन्सका कार्यकारी प्रमुख गुप्तबहादुर श्रेष्ठले ७७ जिल्लाकै विरामी उपचार गर्न आउने अस्पतालमा महानगरपालिकाले गरेको सहयोग अतुलनीय भएको बताउनुभयो । काठमाडौँ मोडल अस्पतालका कार्यकारी निर्देशक डाक्टर राजेशध्वज जोशीले काठमाडौँ महानगरपालिकाले गरेको सहयोगको सदुपयोग गर्दै धेरै भन्दा धेरै विरामीलाई सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Loading...