वरिष्टता को आधारमा गठित इजलासले संसद् विघटन मुद्दाको सुनुवाइ गर्ने

काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा न्यायाधीश सम्मिलित इजलास गठन हुने भएको छ ।

सर्वोच्च अदालतको फुल कोर्ट बैठकले स्वीकृत गरेर न्याय परिषद् बात पारित गराई इजलाश गठन गर्नेबारेमा प्रधानन्यायाधीश राणा र सर्वोच्च बारका पदाधिकारीबीच सहमति भएको अध्यक्ष पूूर्णमान शाक्यले जानकारी दिएका छन् ।
शाक्यकाअनुसार अब ज्येष्ठता श्रेणीका आधारमा संवैधानिक इजलाश गठन गरिने भएको छ । कुनै कारणबस ज्येष्ठतम् न्यायाधीश पनि उक्त इजलासमा सहभागी हुन नसक्ने स्थिति भएमा जानकारी दिएर त्यसपछिका न्यायाधीशलाई इजलाशमा राखिने छ ।

Loading...