उपत्यकामा निषेधाज्ञा एक साता थप, पसल ब्यबसाय खोल्ने समय घट्यो , सवारी पास खारेज

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ २० गते सम्म लम्बिने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित आगामी जेठ २० सम्म निषेधाज्ञा थपिएको हो । यस अघि जेठ १३ जेठसम्मका लागि निषेधको आदेश जारी भएको थियो ।
संक्रमण दरमा उल्लेखीय कमि नदेखीएको देखाउदै तिनै जिल्ला प्रशासनले निषेधाज्ञामा केहि फेर बदल गरिएको छ। तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ बजे सम्म खोल्न पाइने तर किराना पसल, डिपार्टमेन्टल स्टोर  खोल्न नपाइने भएको छ  ।

थपिएको निषेधाज्ञामा सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधनहरु बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने भएकोक छ ।

बैठकले त्यसैगरी हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाउनेलाई कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ ।सरकारले ल्याएको कोभिड – १९ रोकथाम तथा नियन्त्रणको लागि ल्याएको अध्यादेश पुर्ण रुपमा पालना गराउने र नगर्नेलाई अध्यादेश अनुसार कार्वाही समेत गरिने निर्णय भएको छ । 

Loading...