कारवाही पछि नेता खनालकोले भने ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ ले गरेको कारबाहीबाट आफूहरुको रौं पनि हल्लिदैन ’

काठमाडौं। नेकपा एमालेका नेता झलनाथ खनालले केपी ओलीजस्ता ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ ले गरेको कारबाहीबाट आफूहरुको रौं पनि नहल्लिने प्रतिक्रिया दिएका छन् ।

सोमबार ओली पक्षीय स्थायी कमिटी बैठकले खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गरेपछि नेता खनालले ओलीलाई ‘गद्दार’ भनेका हुन् । उनले भने, ‘केपी ओली कम्युनिस्ट आन्दोलनका गद्दार हुन् । उनले गर्ने निर्णयले हाम्रो रौँ हल्लिदैन ।’

नेकपा एमालेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सोमबार हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यहरु वरिष्ठ नेता नेपाल, खनाल सहित ११ सांसदलाई निष्कासन गर्नुका साथै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

‘कम्युनिष्ट आन्दोलनका गद्दारले हामीमाथि गर्ने कथित कारबाहीको अर्थ छैन’, खनालले भने । उनले नयाँ पार्टी गठन लगायतका विषयमा पर्याप्त छलफल गरेर अगाडि बढ्ने बताए ।

कारबाहीमा परेका खनाल ३० वर्षको उमेरमा पार्टीको महासचिव बनेर नेतृत्व गरेका थिए भने माधव नेपालले १५ वर्ष पार्टीको शक्तिशाली महासचिव भएर पार्टीको नेतृत्व गरेका थिए । 

सम्वन्धित समाचार –

 

नेकपा एमाले बात खनाल नेपाल सहित ११ जनालाइ साधरण सदस्य समेत नरहने गरि निष्कासित

 

Loading...