सरकारले गरेका सभा, सम्मेलन, शिलान्यास, कार्येक्रमले कोरोना भाइरसको सङ्क्रमण बढेको हो – कांग्रेस

काठमाण्डाै। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण बढेकोमा मुख्य कारक सरकार नै भएको आरोप लगाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको पत्रकार सम्मेलनमा सभापति देउवाले बर्तमान ओली सरकारले गरेका शिलान्यास, उद्घाटन, भिडभाड गरेको कारण संक्रमण बढेको र सङ्क्रमण रोक्ने कुनै ठोस काम नगरेको आरोपसमेत लगाउनु भएको हो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण फेरि निषेधाज्ञा र लकडाउन गर्नुपर्ने स्थिति आएको समेत बताउनुभयो ।

सभापति देउवाले अस्पतालमा आवश्यक उपकरणसहित सङ्क्रमितको उपचारका लागि अक्सिजन र भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न, सीमा नाकामा होल्डिङ सेन्टरको व्यवस्था गर्न सुझाव दिनुभएको छ ।
कोरोनाको सङ्क्रमणका कारण नागरिकले भोग्नुपरेको समस्या समाधान गर्न सरकारलाई ११ बुँदे सुझावसमेत दिनुभएको छ ।

Loading...