कोविड संक्रमण नियेंत्रण गर्न समुदायमा स्वयंसेवकहरुलाई सतर्क भएर परिचालन हुने


काठमाडौँ। कोविड संक्रमण नियेंत्रण गर्न समुदायमा स्वयंसेवकहरुलाई सतर्क भएर परिचालन हुने भएको छ।
जिल्ला सम्वनय समितिका प्रमुख एवं नेकपा एमाले क्षेत्र नं ८ का इन्चार्ज शिव सुन्दर राज वैधले शनिबार काठमाडौँ महानगर पालिका १५ वडा भित्र भइरहेको हालको गतिविधि तथा कार्यक्रम निरीक्षण गर्नुका साथै राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी द्वारा परिचालित स्वयंसेवकहरुलाई सतर्क भएर परिचालन हुनु भन्ने निर्देशन दिनुभयो।
नेकपा एमाले १५ वडा कमिटी तथा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले गरिरहेका जनचेतना मुलुक माइकिङ कार्य एकदमै सर्हानिय रहेको बताउनु भयो ।


नेकपा एमाले १५ वडा कमिटी,राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी एवं नेवा:मुस्लिम समाजको सहकार्यमा १५ वडाबासीहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरेको कार्य महानगरपालिका भित्र एक उदाहरणिय भएको पनि बताउनु भयो । यस्ता कार्यक्रम अरु वडाका कमिटीले नेकपा एमाले १५ वडा कमिटी,राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीलाई हेरि सुरु गर्नुपर्ने बताउनु भयो ।
जिल्ला सम्वनय समितिका प्रमुख एवं नेकपा एमाले क्षेत्र नं ८ का इन्चार्ज शिव सुन्दर राज वैधले १५ वडामा भइरहेको कार्यक्रमको चाहिने आवश्यक सामग्री उपलब्ध गराइदिने प्रतिबद्धता जनाउनु भयो ।
अन्तमा उहाँले नेकपा एमाले काठमाडौं क्षेत्र नं ८का सचिव उदय पसखल,नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बा,नेकपा एमाले महानगर सदस्य विजय पसखल नेकपा एमाले महानगर सदस्य लक्ष्मण शाही नेकपा एमाले महानगर सदस्य उद्दब खड्गी,राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं क्षेत्र नं ८का उत्प्रेरक,नेकपा एमाले महानगर सदस्य तथा नेवा: मुस्लिम समाजका अध्यक्ष निसार उद्दिन, नेकपा एमाले १५ वडा कमिटीका सदस्य राम कपाली,राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल,राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका उपाध्यक्ष नियाज उद्दिन,राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका सचिव संजय शाही,राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका सह-सचिव कपिल शाही खड्गी राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका सदस्य अनिस महर्जन, दिलिप शाही लगायत सबै कमिटी परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो।

Loading...