सञ्चार गृहबाटै पक्राउ दुइ पत्रकार गिरफ्तार , महासंघले निकाल्यो बिज्ञप्ति

काठमाडौं ।  समाचार लेखेको बिषयलाइ लिएर प्रहरीले उज्यालो नेटवर्क डटकम कार्यालय  अनामनगर बाट दुइ पत्रकारलाइ गिरफ्तार गरेको छ।  जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई आइतबार पक्राउ गरेको हो ।

नेपाल पत्रकार  महासंघले उज्यालो नेटवर्कका पत्रकारको गिरफ्तार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गरी उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङ र  नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

।काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले पक्राउ परेका व्यक्तिविरुद्ध साइबर अपराध, किर्ते र राज्यविरुद्धको अपराध सम्बन्धी कसूरमा अनुसन्धान हुने बताएका छन् ।

उज्यालो नेटवर्क डटकमले केहिसमय अगाडी प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुखबीच चारबुँदे सहमति भएको भनेर समाचार प्रकासन गरेको थियो।

सो बिषयमा काउन्सिलले स्पष्टीकरण सोधेपछि उज्यालो नेटवर्कले समाचार हटाएर माफी मागेको थियो।

पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भन्ने आदेश दिइसकेको स्मरण गराउँदै महासंघले यस्तो अवस्थामा कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन, संवैधानिक व्यवस्था माथिकै ठाडो हस्तक्षेप भएको ठहर गरेको छ । महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको छ । साथै अनलाइनमा प्रकाशित समाचारको विषयमा प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ ।  

Loading...