भारतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २७ सय ६० जनाले ज्यान गुमायो

महामारी घातक हुनुका पछाडि डबल म्युटेन्ट र ट्रिपल म्युटेन्ट भाइरस

भारतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २७ सय ६०ले ज्यान गुमाएका छन्। राजधानी नयाँ दिल्लीका अस्पतालहरुमा अक्सिजनको चरम अभावसँगै पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या बढेको हो । दिल्लीमा मौ एकैदिन २४ हजार १ सय बढी संक्रमित हुँदा ३ सय ५७ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरस महामारी घातक हुनुका पछाडि डबल म्युटेन्ट र ट्रिपल म्युटेन्ट भाइरसको मुख्य भूमिका रहेको भारतीय वैज्ञानिकहरुले बताएका छन् ।

अक्सिजन अभावका कारण मात्रै ५० भन्दा बढीको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । यसै गरि जयपुरमा अक्सिजन अभावका कारण २० भन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

महाराष्ट्र, मध्य प्रदेश, पंजाव, हरियाणामा पनि अक्सिजन अभाव हुँदा संक्रमितहरुको उपचार थप जटिल बनेको चिकित्सकहरुले जनाएका छन् । भारतमा पछिल्लो केही दिनयता ३ लाख बढी कोरोना संक्रमित थपिन थालेको भारतीय संचार मध्यमहरुले जनाएको छ।

संक्रमितको सख्या १ करोड ६९ लाख ५१ हजार ६ सय बढी रहंदा १ लाख ९२ हजार ३ सय ९ जनाको मृत्यु भइसकेको पछिल्लो तथ्यांक छ ।

 

 

Loading...