आइतबारबाट यी केन्द्रबाट चिनियाँ खोप दिइने

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको सहयोगमा प्राप्त चिनियाँ खोप भेरोसेल आईतबारबाट काठमाडौंका सात वटा खोपकेन्द्रमा लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, हिमाल अस्पताल ज्ञानेश्वर,काठमाडौँ मेडिकल कलेज सिनामंगलनेपाल मेडिकल कलेज जोरपाटी, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप दिइन लागिएको हो ।

यसै गरि आईतबारबातनै तीन केन्द्रबाट दोस्रो मात्रा दिइन लगिए छ। कोरोनाविरुद्धको पहिलो डोज खोप दिने केन्द्रहरु थप गरेर वीर अस्पताल , शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज खोप दिन लागिएको हो । जिल्ला स्वास्थ्थ्य कार्यालय काठमाडौले यसअघि लगाइएका केन्द्रबाट खोप लगाउने कार्यलाई आईतबार पनि निरन्तरता दिइने बताएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले वैशाख सातदेखि ११ गतेसम्ममात्र कोरोनाको दोस्रो मात्रा खोप दिने घोषणा गरेको थियो ।

Loading...