तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था छैन ः प्रधानमन्त्री ओली

संक्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नु पर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नआएको बताउनु भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बढ्दै गएको कोरोना संक्रमणबारे प्रधानमन्त्री निवास बालुवाटामा आज भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएको हो ।सीसीएमसीका संयोजका उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका सदस्यले कोरोना संक्रमणको अवस्थाबारे ब्रिफ्रिङ गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले लकडाउन तथा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय तहलाई दिइएको उपप्रधानमन्त्री पोखरेलले बताउनु बताउनु भयो । संक्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नु पर्ने उपप्रधानमन्त्री पोखरेलले बताउनु भयो ।

Loading...