सामुदायिक स्वास्थ्य केन्द्रमा समाजसेवीबाट उपकरण सहयोग

 
चैत्र २५ , ललितपुर – समुदायस्तरमा सहज र आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न स्थापित १६ वडाको सामुदायिक स्वास्थ्य केन्द्र नागबहालमा समाजसेवी छाँया जुवाःले OXYGEN CONCENTRATOR , WHEELCHAIR लगायतका अन्य स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेका छन । मंगलबार आयोजित एक कार्यक्रमका बीच समाजसेवी जुवाःले ललितपुर महानगरपालिका– १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्य मार्फत सो उपकरण हस्तान्तरण गर्नुभएको हो। केन्द्रले अझ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकूँन भनेर समाजसेवी मोतिशान्ति शाक्यसंग समन्वय गरेर सामग्री प्रदान गरिएको दाता जुवाःले जानकारी दिनुभयो । ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउन अग्रसरता देखाउनुहुने समाजसेवी जुवाः र शाक्य आँखादान समाज, लायन्स क्लब लगायतका संस्थाहरु मार्फत पनि विभिन्न समाज सेवाका गतिविधिहरुमा सकृय रहदैं आउनु भएका छन । सो अवसरमा समाजसेवी शाक्यले नेपाल तिलगंगा आँखा अस्पतालसंग मिलेर हालसम्म ४७ पटक स्वास्थ्य शिविर सञ्चालन गरिसकेको जनाउँदै ४८ औं शिविर वडा र केन्द्रसंग मिलेर आयोजना गर्ने तयारी भइरहेको बताउनुभयो । यसै सन्दर्भमा समाजसेवी शाक्यको सुझाव र संयोजनमा उक्त सहयोग महानगरको १६ वडामा स्वास्थ्य सेवा थप प्रभावकारी रहोस भनी उक्त कार्यक्रम तय गरिएको समाजसेवी जुवाले बताउनुभयो । वडाध्यक्ष निर्मल रत्न शाक्यले शाक्यले वडा मार्फत सामग्री हस्तान्तरण गर्ने अवसर प्रदान गरी वडालाई थप दायित्वबोध गराएको बताउनुभयो । केन्द्रका डा. राजेश शाक्यले समुदायस्तरमा सहज र आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न स्थापित केन्द्रलाई स्तरोन्नति गरी स्थानीय अस्पतालको रुपमा विकास गर्दै जानुपर्नेमा जोड दिनुभयो । केन्द्रले सर्वसाधारणलाई निशुल्क र आधारभुत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
Loading...