नक्कली कस्मेटिक सामनहरु उत्पादन तथा बिक्रिबितरण गर्ने ब्यक्ति पक्राउ

काठमाडौँ। विभिन्न ब्रान्डका लेवल लगाई नक्कली कस्मेटिक समान उत्पादन तथा बिक्रि वितरण गर्ने ब्यक्ति पक्राउ परेको छ। नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामनाहरु गैर कानुनी रुपमा काठमाण्डौमा उत्पादन हुने गरेको र सो कस्मेटिक सामानहरु प्रयोग गर्दा कपाल झर्ने, एलर्जि हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भिर असर देखिएको सुचनामा महानगरीय अपराध महाशाखा र बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त टोलिले मंगलबार चेतन गोयललाइ चन्द्रागिरी न.पा. ढुङ्गेअड्डाबाट पक्राउ गरेको हो।
निजले खारेज भइसकेको ट्रेड मार्क अंकित मेहन्दी लगाएत अन्य कस्मेटिक समानहरु , बिभिन्न कस्मेटिक सामानहरुमा आफैले तयार गरी original लेखिएको होलोग्रामहरु टाँस गरि तयार गरि उद्योगमा रहेका २४ प्रकारका कस्मेटिक सामानहरु , कस्मेटिक सामानहरु बनाउन प्रयोग हुने ४ वटा मेसिन सहित उद्योग सिल गरिएको छ । निजले संचालन गरेको ताम्राकार प्लाजा मखन गल्लीमा रहेको AAHAAN Enterprises र गोदाम र पसल समेत सिल गरिएको छ ।
यस भन्दा करिब २ बर्ष अगाडि समेत निज चेतन गोयललाई महानगरिय अपराध महाशाखाबाट यस्तै प्रकृतिको कसुरमा पक्राउ गरी मुद्दा चलाइएको प्रहिले गरेको अनुशन्धानले देखाएको छ।
पक्राउ परेका गोयललाई प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धानको लागि बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल पठाईने महाशाखाले जनाएको छ । 

Loading...