महानगरीय प्रहरी वृत्त जनेवा र जनसेवा सामुदायिक केन्द्र द्वारा “हर प्रहर गाउँ र नगरि टोल-टोलमा नेपाल प्रहरी” जन-चेतना मुलक कार्येक्रम

काठमाडौँ। महानगरीय प्रहरी वृत्त जनेवा र जनसेवा सामुदायिक केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र जनसेवाको आयोजनामा “हर प्रहर गाउँ र नगरि टोल-टोलमा नेपाल प्रहरी” भन्ने मुल नाराका साथ कोभिड 19 (कोरोना भाईरस) बाट बच्नका लागि अपनाउनु पर्ने साबधानी जन-चेतना मुलक कार्येक्रम गरेको छ।
समुदाय प्रहरी साझेदारी अवधारणा अनुसार महानगरीय प्रहरी वृत्त जनेवा र जनसेवा सामुदायिक केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र जनसेवाले संयुक्त रुपमा जन-चेतना मुलक मईकिङ लगाएत माक्स नलगाई हिडने पैदल यात्रुहरु र सवारी साधनमा यात्रा गर्ने यात्रुहरु तथा सवारी चालक, सह-चालकहरुलाइ बुधबार माक्स वितरण गरिएको हो। प्रहरी वृत्त जनेवाका प्रमुख प्र.ना.उ डिल बहादुर मल्ल सम्मिलित टोलीले काठमाडौँ महानगर पालिका अन्तर गत २२ वडामा पर्ने माइक्रो बस ,टेम्पो पार्क क्षेत्र्मा करीब ९ सय जना भन्दा बढीलाई माक्स वितरण गरि जन-चेतना दिइएका छन्।

Loading...