पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार निगमले पेट्रेल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो।
नयाँ मुल्य अनुशार पेट्रोल १२० प्रति लिटर कयेम गरिएको छ । यसै गरि डिजेल र मट्टीतेलमा पनि प्रति लिटर २ रुपैया बढाएर नयाँ दर १०२ प्रति लिटर कायेम गरिएको छ। निगमले यस अघि चैत ३ गते मूल्य बढाएर पुनः यसै महिनामा फेरि मूल्य बढाएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले १ अप्रिल २०२१ मा पठाएको मूल्य अनुसार अहिले नेपालमा समायोजन गरिएको बताए ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए पनि नोक्सानी बढेको निगमले जनाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाए पनि हवाई इन्धन र खाना पकाउने ग्याँसमा पुरानै मूल्य यथावत राखेको छ । नयाँ मूल्य आइतबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

Loading...