“प्रहरीको ईन्सपेक्टर हुँ ” भनि सर्बसाधारण मानिसहरुलाई धम्की दिई रकम माग्ने समूह पक्राउ

काठमाडौँ। “प्रहरीको ईन्सपेक्टर हुँ ” भनि सर्बसाधारण मानिसहरुलाई धम्की दिई रकम माग्ने समूह पक्राउ पक्राउ परेका छन्। अपराध महाशाखाको टोलीले मंगलबार बालाजु माछापोखरी बात  रमेश तामाङ , तुल बहादुर मगर , गुविराम घलेलाइ नियेंत्रनामा लिएको छ।

बालाजु माछापोखरी एरियामा केही ब्यक्तिहरुले आफूलाई प्रहरीको ईन्सपेक्टर हुँ भनि सर्बसाधारण मानिसहरुलाई धम्की दिई रकम माग गरी दुःख हैरानी दिई अशान्ति श्रृजना गरेको भन्ने सूचनाको आधारमा महाशाखाको टोलीले अपराधिक क्रियाकलापमा संलग्न रहेका त्यस्ता अपराधिक ब्यक्तिहरुको सूचना संकलन गरी निग्रानी राखी आएका थिए। महाशाखाले पक्राउ परेका समुहलाई आवश्यक कारबाहिको लागि महानगरिय प्रहरी बृत्त बालाजु पठाईएको महाशाखाले जनाएको छ ।

Loading...