२४ घन्टामा १६ को मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या पुग्यो ९२०

काठमाडौं, १४ कार्तिक । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ। योसँगै नेपालका कोरोनका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको हो।

यसैबीच शुक्रबार देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १४,९८९ जनाको नमूना परीक्षण गर्दा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण भएको जनाएको छ ।

शुक्रबार ५० प्रतिशतभन्दा बढी अर्थात सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा भेटिएका छन् । उपत्यकामा १८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यसमध्ये पनि ठूलो संख्यामा संक्रमित काठमाडौं जिल्लाकै छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र १५०८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । त्यसैगरी ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी शुक्रबार मोरङमा २५५, सुनसरीमा १३७, चितवनमा १२३, रुपन्देहीमा १२०, कास्कीमा ११२, मकवानपुरमा ८०, काभ्रेमा ७३, दाङमा ५१, बाँकेमा ४१ र नुवाकोटमा ३३ जनामा संक्रमण देखिएको छ । त्यस्तै नवलपरासी पूर्वमा २९, कैलालीमा २८ जना, दोलखामा २७, तनहुँ २५, सिराहा २४, धादिङ र बर्दियामा १९÷१९ जना, पर्सामा १७, सप्तरीमा १६, धनुषा र रौतहटमा १५, कञ्चनपुरमा १४, उदयपुर, गोरखा, स्याङ्जा र दैलेखमा १३–१३ जना संक्रमित भेटिएका छन् ।

सिन्धुपाल्चोक र पर्वतमा १२–१२ जना, बारामा १०, लमजुङमा ९, महोत्तरी, गुल्मी र नवलपरासीमा ८–८ जना, बाग्लुङ, पाल्पा, सुर्खेतमा ७–७ जना, रामेछाप, कपिलवस्तु र जम्लामा ६–६ जना, धनकुटा, सर्लाही, सिन्धुली, डडेल्धुरामा ५–५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै इलाम, खोटाङ, भोजपुर र म्याग्दीमा ४–४ जना, ओखलढुंगा, तेह्रथुम, संखुवासभा, अर्घाखाँची र जाजरकोटमा ३–३ जना, सोलुखुम्बु, कालीकोट र डोटीमा २–२ जना, र पाँचथर, रोल्पा, रुकुम पूर्व, हुम्ला, सल्यान, हुम्ला, दार्चुला र बझाङमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।

Loading...