काठमाडौं, १४ कार्तिक । शुक्रबार देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १४,९८९ जनाको नमूना परीक्षण गर्दा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण भएको जनाएको छ ।
शुक्रबार ५० प्रतिशतभन्दा बढी अर्थात सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा भेटिएका छन् । उपत्यकामा १८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यसमध्ये पनि ठूलो संख्यामा संक्रमित काठमाडौं जिल्लाकै छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र १५०८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । त्यसैगरी ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी शुक्रबार मोरङमा २५५, सुनसरीमा १३७, चितवनमा १२३, रुपन्देहीमा १२०, कास्कीमा ११२, मकवानपुरमा ८०, काभ्रेमा ७३, दाङमा ५१, बाँकेमा ४१ र नुवाकोटमा ३३ जनामा संक्रमण देखिएको छ । त्यस्तै नवलपरासी पूर्वमा २९, कैलालीमा २८ जना, दोलखामा २७, तनहुँ २५, सिराहा २४, धादिङ र बर्दियामा १९÷१९ जना, पर्सामा १७, सप्तरीमा १६, धनुषा र रौतहटमा १५, कञ्चनपुरमा १४, उदयपुर, गोरखा, स्याङ्जा र दैलेखमा १३–१३ जना संक्रमित भेटिएका छन् ।
सिन्धुपाल्चोक र पर्वतमा १२–१२ जना, बारामा १०, लमजुङमा ९, महोत्तरी, गुल्मी र नवलपरासीमा ८–८ जना, बाग्लुङ, पाल्पा, सुर्खेतमा ७–७ जना, रामेछाप, कपिलवस्तु र जम्लामा ६–६ जना, धनकुटा, सर्लाही, सिन्धुली, डडेल्धुरामा ५–५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै इलाम, खोटाङ, भोजपुर र म्याग्दीमा ४–४ जना, ओखलढुंगा, तेह्रथुम, संखुवासभा, अर्घाखाँची र जाजरकोटमा ३–३ जना, सोलुखुम्बु, कालीकोट र डोटीमा २–२ जना, र पाँचथर, रोल्पा, रुकुम पूर्व, हुम्ला, सल्यान, हुम्ला, दार्चुला र बझाङमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।