बेलायतबाट छोराको मृत्यु संस्कारमा भाग लिन आएका बुवाको पनि कोरोना संक्रमणले मृत्यु

धरान । धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । झण्डै ७० वर्षीय उनको सोमबार बिहान घरमा नै मृत्यु भएको हो ।

उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए ।

बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो । सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ । धरानमा एक पत्रकारसहित ८२ जनामा सोमबार सङ्क्रमण पुष्टि भएको छ ।

Loading...