सडक नाटक: मान्छे हँसाउने कि रोगमा फसाउने

हुम्ला । हुम्लामा पनि कोरोनाको कहरले स्थानीयहरू त्रसित भएको बेला सचेतनाको नाममा सडक नाटकको प्रर्दशन गरेर रोगमा फसाउने कि केही छिनका लागि हँसाउने भन्ने उक्तिले स्थान पाएको छ ।

स्थानीय सरकार, स्थानीय प्रशासन र माथिल्ला विभिन्न निकायबाट सामाजिक दुरी कायम गरौं, स्वास्थ्य र सरसफाइमा ध्यान दिनका लागि विभिन्न प्रकारका सचेतनाका कार्यक्रमको बारेमा जानकारी, सन्देश र दवाव दिइएको अवस्थामा हुम्लामा खानेपानी, सिंचाई तथा सरसफाइ कार्यालय हुम्लाले यो लोक हँसाउने र लज्जास्पद काम गरेर सरकारी नीति नियमको उपेक्षा गरेको सञ्चारकर्मी नरजंग तामांगको भनाई रहेको छ ।

असोज २४ गते शनिवार साढे दुई बजे सिमकोटको लोकतान्त्रिक चोकमा सयौं स्थानीयहरूलाई भेला गरेर कोरोनो कहरका बीचमा स्थानीय प्रशासन, स्थानीय सरकार र अन्य सुरक्षा मापदण्डको उपेक्षा गर्दै सचेतनाको नाममा यस्तो काम गरेको छ तर स्थानीय प्रशासनले देखे पनि नदेखे जस्तै गरेको स्थानीयहरूले आक्रोस पोखेका छन् । उनीहरूले भने के यस्तो महामारी रोग समुदायस्तरमा फैलिएमा को जिम्मेवार हुन्छ ?

खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, हुम्लाका कार्यालय प्रमुखसँग यस्तो महामारीका बीच तपाईले किन यस्तो कार्यक्रम सञ्चालन गर्नुको आशय के भन्ने जिज्ञासा राख्दा कोरानाको रोकथाम तथा सचेतनाका लागि भए पनि राम्रो नहुने देखिएकाले अब अन्य ठाउँमा यो कार्यक्रम गर्नमा रोक लगाउने स्वीकारोक्ति जनाएका छन् ।

यो कार्यक्रममा न त कुनै सुरक्षा मापदण्ड अपनाइएको छ भने न छ सामाजिक दुरी कायम गरिएको छ । यसमा सुधार्नु र सचेत हुन अति आवश्यक देखिएको छ ।

Loading...