आफूलाई अब कोरोना संक्रमण नहुने भन्दै ट्रम्पले गरेको भ्रामक ट्वीट ट्वीटरले हाइड गर्‍यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई लिएर फेरि पनि भ्रामक ट्वीट गरेका छन्। उनले आफूलाई अब कोरोना भाइरसको संक्रमण नहुने अर्थात आफू इम्यून भएको दाबीसहित ट्वीट गरेका हुन् ।

ट्वीटरले ट्रम्पको सो ट्वीट भ्रामक भएको भन्दै हाइड गरेको छ । कोरोना भाइरसबाट संक्रमित भइ उपचार गराइरहेका ट्रम्पको नेगेटिभ रिपोर्ट आएको जानकारी छैन । तर डाक्टरले उनीबाट अब संक्रमण अरुमा नफैलिने बताएका थिए ।

त्यसपछि ट्रम्पले ट्वीट गरेर आफू इम्यून भएकाले अब संक्रमण नहुने र अरुलाई पनि नसर्ने उल्लेख गरेका थिए । सो ट्वीट भ्रामक रहेको भन्दै ट्वीटरले हाइड (लुकाएको) गरेको हो ।

ट्रम्पको ट्वीट भ्रामकसँग खतरनाक समेत रहेको भन्दै ट्वीटरले सो ट्वीट नहेर्नु नै जनहिनमा हुने उल्लेख गरेको छ।

Loading...