म्याद गुज्रिएका खाध्य सामाग्री दुइ बर्ष देखि नयाँ मिति टाँसी बजारमा

  असोज२६, काठमाडौं । बिभिन्न खाध्य सामाग्रीहरुमा नयाँ उपभोग्य मिति टाँस गरि बिक्रि वितरण प्रकरणमा पक्राउ परेका भारतीय नागरिक रोनक बोथ्राले दुइबर्ष देखि नक्कली नयाँ मिति टाँस गर्ने गरेको बयान दिएका छन् ।

बजारमा म्याद सकिएको विभिन्न ब्रान्डका खाद्य वस्तु सस्तोमा किनेर नक्कली नयाँ मिति राखी प्याकेजिंग गरि बजारमा बिक्री गरि आएको बोथ्राले बयान दिएको वाणिज्य, आपूर्ति तथा उपभो,क्ता संरक्षण विभागले जनाएको छ । महानगरीय अपराध महाशाखाले मिति सकिएको Date expired भएका बिभिन्न खाध्य सामाग्रीहरुमा नयाँ मिति टाँस गरि बिक्रि वितरण गर्दै आएको आयन डिस्टिब्युटर्स प्रा लि का संचालक रौनक बोथ्रा र अन्य सात जनाला गएको असोज १३ मा कलंकी क्षेत्र बाट नियन्त्रणमा लिएको हो ।

आयान डिष्ट्रिब्यूटरकी सञ्चालिका पुष्पादेवी अग्रवालले कम्पनी आफ्नो नाममा भए पनि कारोबार नगरेको बताएको बिभागले जनाएको छ । बिभागका अनुसार, प्रहरीले पक्राउ गरेपछि मात्र कम्पनीमा त्यस्तो काम हुने गरेको थाहा पाएको अग्रवालको बयान छ ।
महाशाखाले गोदामबाट पुष्पादेबी अग्रवाल ,रोनक बोथ्रा,मुन्ना ठाकुर,पप्पु कुमार ठाकुर,श्याम प्रसाद सिंह ,राम बहादुर बयलकोटी,सिताराम उपरकोटी,दिलिप थापामगरलाइ पक्राउ गरि विभिन्न नया मिति टास्न प्रयोगगरिने मेसिन र खाद्य सामग्री समेत बरामद गरेका थिए।

नयाँ म्याद टाँस गरिएका सामान बजारमा पठाइँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ परेका कामदार मुन्ना ठाकुरले भने आफू आयान डिष्ट्रिब्यूटरमा तीन वर्षदेखि काम गर्दै आएको र पहिलो पटक कलंकी गोदाममा पुगेकै दिन समातिएको बताएका छन् ।

अर्का कामदार विक्रम कुमार गुप्ताले आफूलाई कम्पनीमा रिलेबलिङ हुने कुरा थाहा नभएको बयान दिएको बिभागले जनाएको छ । त्यस्तै, कामदार पुष्पकुमार ठाकुरले नयाँ मिति राख्ने मेशिन चलाउन सिकाउने गरेको बताएका छन् ।

अर्का कामदार रामबहादुर बयलकोटीले म्याद सकिएको वस्तुमा नयाँ मिति राखेर बिक्री गर्न बजार लैजाने गरेको स्वीकार गरेका छन् । उनले थाहा पाएरै त्यस्तो बस्तु बिक्रीे गरेको बताएको बिभागको भनाइ छ ।

आयान डिष्ट्रिब्यूटरकी मुख्य सञ्चालिका पुष्पादेवी अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ बमोजिम धरौटीमा छोडेको छ भने अपराध स्वीकार गरेका बोथरालाई थुनामा पठाराख्ने विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको इजलाशले गरेको छ ।

आदेशमा भनिएको छ, ‘पुष्पादेवी अग्रवाललाई एक करोड रुपैयाँ जमानत वा बैंक ग्यारेन्टीमा छोड्नू र बोथरालाई थुनामा पठाउनू ।’ भाग्नसक्ने भएकाले मुद्दाको अन्तिम किनारा नलागेसम्म बोथरालाई थुनामा पठाउने आदेश भएको विभागले जनाएको छ ।

Loading...