केही दिनको युद्धपति अर्मेनिया र अजरबैजानबिच युद्धविराम सम्झौता

अर्मेनिया र अजरबैजानबिच सीमा क्षेत्रको हिंसा अन्त्यका लागि अस्थायी शान्ति सम्झौता

अर्मेनिया र अजरबैजानबिच विवादास्पद सीमा क्षेत्रलाई लिएर भएको हिंसा अन्त्यका लागि अस्थायी शान्ति सम्झौतामा सहमति भएको छ ।

गएको सेप्टेम्बर अन्तिममा विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः बिउँतिएको थियो। वर्षौँपछि अर्मेनिया र जरबैजानबिच विवादास्पद क्षेत्रलाई लिएर भएको भिडन्त अन्त्यका लागि अस्थायी शान्ति सम्झौतामा सहमति बनेको हो ।

पूर्व सोभियत युनियनका दुई देशबिच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भइरहेको छ । सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ । तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ । सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो ।

मस्कोमा भएको १० घण्टा लामो वार्तापछि रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले दुई देशबिच अस्थायी शान्ति सम्झौतामा सहमति भएको घोषणा गरेका हुन् ।

अस्थायी शान्ति सम्झौता भएसँगै अब अजरबैजान र अर्मेनियाबिच तनाव सदाका लागि अन्त्य गर्न बिस्तारित वार्ता हुने जनाइएको छ ।

गएको सेप्टेम्बर २७ देखि भएको हिंसामा ३०० जना भन्दा बढीको ज्यान गएको छ भने हजारौँ मानिस विस्थापित भएका छन् ।
सहमति अनुसार स्थानीय समय अनुसार शनिबार मध्यान्ह देखि युद्ध रोकिने छ । त्यसपछि दुवै तर्फबाट बनाइएका बन्दी रिहा गरिने छ भने शव संकलन हुने छ ।

कोकसेस माउन्टेन क्षेत्रका विगत तीन दशकदेखि बेलाबेलामा भिडन्त हुने गरेको थियो । तर अहिलेको भिडन्तले सघन रुप लिएको हो । गएको जुलाईमा सीमा क्षेत्रमा भएको भिडन्तमा कम्तीमा १६ जनाको ज्यान गएको थियो । त्यसपछि अजरबैजानको राजधानी बाकुमा वर्षौँ यताकै ठूलो प्रदर्शन भएको थियो । प्रदर्शनकारीले नागोर्नो–काराबाख क्षेत्र आफ्नो नियन्त्रणमा लिन माग गरेका थिए ।

क्यास्पियन सागरबाट तेल विश्व बजारमा ल्याउने महत्वपूर्ण करिडोर रहेको सीमा क्षेत्रमा भिडन्त भएको हो ।

Loading...